Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

भैरहवा सेज : सुस्त पूर्वाधार निर्माणले विरक्तिदै उद्योगी

भैरहवा सेज : सुस्त पूर्वाधार निर्माणले विरक्तिदै उद्योगी

काठमाडौं, २४ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थप औद्योगिक क्षेत्रहरुको अध्ययन गरिरहेको जनाएका छन् । राजधानीमा आज आयोजित छलफल कार्यक्रममा उनले औद्योगिक विकासका लागि थप आर्थिक क्षेत्रहरुको अध्ययन भइरहेको बताएका हुन ।

उनले स्थापना भइसकेको भैरहवाको विशेष आर्थिक क्षेत्रको समस्यालाई छिटै हल गरिने पनि बताए । जनशक्ति लगायतका अन्य पूर्वाधार विकास गरि सेजमा उद्योगीहरुलाई आकर्षित गर्ने मन्त्री भट्टले बताए ।

त्यस्तै कार्यक्रममा अर्थशास्त्री डा. शंकर शर्माले भैरहवा सेजलाई व्यवस्थित बनाउन सरकारले तदारुकता देखाउनुपर्ने बताए । पटक–पटक उद्घाटन गरिएपनि पूर्णरुपमा संचालनमा नल्याईदा निर्माण गरिएका कतिपय पूर्वाधार समेत भत्किएको भन्दै उनले उद्योग संचालनका लागि आवश्यक पूर्वाधार तत्काल निर्माण गर्न सुझाव दिए ।

हाल भैरहवा सेजमा विद्युत आपूर्ति पर्याप्तत छैन भने अन्य भौतिक पूर्वाधारको अवस्था कमजोर छ । त्यस्तै कर्मचारी सेवा सम्बन्धि नियामावली नबन्दा कर्मचारी नियुक्ति पनि भएको छैन । सन् २०१४ मा निर्माण सम्पन्न भएको सेजमा २२ वटा उद्योगले संचालनका लागि अनुमाति लिएका थिए । त्यसमध्ये शक्ति मिनरल्स प्रा.लि.,एलईडी लाइट उत्पादन उद्योग र बिस्तार ग्लोबल प्रा.लि.ले उत्पादन सुरु गरिसकेका छन् । पञ्चकन्या ग्रुप, जयवुद्ध मेटल र एस प्लाष्टिक प्रोड्क्टले उद्योग स्थापना गरिरहेका छन् भने ५ वटा उद्योगले लगानी फिर्ता गरेका छन् ।

सेजमा स्थापना भएका उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने हुन्छ । तर, यसको सिमा घटाउन व्यवसायीहरुको माग छ । विद्युतको सहज आपूर्ति र कर्मचारी नहुदा काम गर्न थप समस्या भएको उद्योगीहरुको गुनासो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x