Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नेप्सेमा उछाल, यो साता नाघ्ला १३०० अंकको थ्रेसहोल्ड?

नेप्सेमा उछाल, यो साता नाघ्ला १३०० अंकको थ्रेसहोल्ड?

काठमाडौं, २९ पुस । चार महिनापछि अघिल्लो साता १२०० अंकको थ्रेसहोल्ड नाघेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मा उछाल देखिएको छ । १२७२ अंकबाट कारोबार शुरु भएको नेप्सेमा मंगलबार पनि अधिकांश उपसमूहका परिसूचकमा सुधार देखिएको छ । खासगरी बैंक तथा वित्तिय संस्थाहरुमा तरलता (लगानी योग्य रकम) उल्लेख्य भएपछि सेयर बजारमा क्रमशः लगानी बढ्न थालेको छ । दैनिक करिब एक अर्ब रुपैयाँको कारोबार हुन थालेको छ ।
सेयर बजारमा आएको सुधारले यो साता नेप्से परिसूचक १३०० अंकको थ्रेसहोल्ड पार गर्ने देखिन्छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न थालेपछि लगानीकर्ताले सेयरमा लगानी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका घर कर्जा र सवारी कर्जामा कसिलो नीति लिएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको छ । कतिपयले सेयर बजार घट्नुलाई अर्थमन्त्री डा. युवराज खतिवडाको अनुदार नीति भनेर व्याख्या गर्ने गरेका छन् । सट्टेबाजहरुले यस्तो हल्ला चलाएपनि अर्थमन्त्री खतिवडाले पुँजी बजारमा सेयरको आपूर्ति बढेकाले सामान्य माग र आपूर्तिको सिद्धान्त बमोजित सेयरको मूल्य घटेको बताउँदै आएका थिए । नियमित आइपीओ निष्काशन बाहेक पनि बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले एफपीओ (थप सेयर निष्काशन) गरेका थिए । बैंक तथा वित्तिय संस्थाले मार्जिन लेण्डिङ कसिलो गरेपछि सेयर बजार घटेको थियो । खतिवडा अर्थमन्त्री हुँदा १३५८ बिन्दूमा रहेको नेप्सेमा यही उछाल कायमै रहे नेप्से परिसूचक अर्को सातासम्म उक्त बिन्दू पार गर्ने क्रममा देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x