Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको ८.९६ प्रतिशत नगद लाभांस पारित

सांग्रिला डेभलपमेन्ट बैंकको ८.९६ प्रतिशत नगद लाभांस पारित

काठमाडौं, २९ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले यो वर्ष चुक्ता पूँजीको ८.९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज काठमाडौंमा सम्पन्न १५औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकको २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

त्यस्तै सभाले सांग्रिला डेभलपमेन्ट बैंकलाई अन्य ईजाजत प्राप्त उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ भने एक्विजिसन सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर गर्ने जिम्मा पनि सञ्चालक समितिलाई नै दिएको छ ।

हाल बैंकले ८९ शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x