Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लगानी सुरक्षित गर्नतर्फ लगानीकर्ता, नेप्से परिसूचकसँगै कारोबार ६८ करोडले घट्यो

लगानी सुरक्षित गर्नतर्फ लगानीकर्ता, नेप्से परिसूचकसँगै कारोबार ६८ करोडले घट्यो

काठमाडौं, २९ पुस । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक घटेसँगै सोमबारको तुलनामा कारोबार रकम ६८ करोड रुपैयाँ घटेको हो । सोमबार एक अर्व ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा आज एक अर्व २ करोड रुपैयाँको कारोबार भएको छ ।

साताको पहिलो र दोस्रो कारोबार दिन उच्च अंकले वृद्धि भएको नेप्से परिसूचक आज ७.४८ अंकले गिरावट आई ११६३.३८ विन्दुमा रोकिएको छ । हिजो नेप्से परिसूचक १५.१४ अंकले वृद्धि भई १२७०.८६ विन्दुमा बन्द भएको थियो । एक सय ८३ कम्पनीको ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर खरिद–विक्री भएको छ ।

त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । उक्त बैंकको प्रमोटर सेयर ११ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ७ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ७ समूहको परिसूचकमा गिरावट आएको छ । उद्योग समूहको परिसूचक ९.१५ प्रतिशत सर्वाधिक वृद्धि भएको छ भने सबैभन्दा बढी हाइड्रोपावर समूहको १.१ प्रतिशत उपसूचकमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x