लुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं, २९ पुस । लुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार काठमाडौंमा सम्पन्न १२औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता पूँजी २ अर्व ५८ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै सभाले बोनश सेयर वितरणपश्चिात् जारी चुक्ता पूँजी २ अर्व ७१ करोड ६३ लाख रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५÷७६ मा ६२ करोड ६ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आव २०७४÷७५ को तुलनामा ९५.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा ३१ करोड ७४ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल बैंकले ६५ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *