प्रोग्रेशिभ फाइनान्स मर्जर वा एक्विजिसनमा नजाने

काठमाडौं, २९ पुस । प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले संस्थाको अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा एक्विजिसनमा नजाने बताएका छन् । फाइनान्सको ललितपुरमा सम्पन्न २३ औं बार्षिक साधारण सभामा उनले संस्थालाई सबल बनानाएर अगाडि बढ्ने बताए । संस्थामा निकट भविश्यमा थप आधुनिकीकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।

सभाले आर्थिक वर्ष २०७५÷७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरण पारित गरेको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गर्ने फाइनान्सले जनाएको छ । फाइनान्सले हाल ६ वटा शाखा र ४ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *