Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फोरजी पछि फाईभजी परीक्षणको तयारीमा टेलिकम

फोरजी पछि फाईभजी परीक्षणको तयारीमा टेलिकम

काठमाडौं, १ माघ । नेपाल टेलिकमले फाईभजीको परीक्षण गर्ने भएको छ । फोरजी विस्तार अन्तिम चरणमा पुर्याएको टेलिकमले अबको केही महिनामै देशका ४ शहरमा फाईभजी परीक्षण गर्ने भएको हो ।

टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजमा पहिलो चरणमा फाइभजी परीक्षणका लागि तयारी गरिरहेको छ । टेलिकमको फोरजी एलटीई सम्झौताबमोजिम फोरजी विस्तार सम्पन्न हुनेवित्तिकै फाईभजीको परीक्षणका लागि तयार रहेको टेलिकमकले जनाएको छ । नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्झौतामा नै फोरजीकै पूर्वाधारले फाईभजी समेत सपोर्ट गर्न सक्ने उल्लेख थियो । हाल फोरजीसँगै फाईभजी सपोर्ट गर्ने पूर्वाधार बनिसकेको र फोरजीको काम टुङ्गिने वित्तिकै फाईभजी परीक्षण गरिनेछ । पूर्वाधार निर्माण भईसकेपनि फाईभजी परीक्षणका लागि उपकरण भने ल्याउन बाँकी रहेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको फोरजी सम्झौतामा काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजमा फाईभजी परीक्षण गर्ने उल्लेख छ । ४ शहरमा फाईभजी परीक्षण गरेपछि त्यसको असर र बजार हेरेर मात्रै नेपालमा फाईभजी संचालनमा ल्याउने नल्याउने एकिन हुनेछ । टेलिकमले गत बर्ष माघ २० गते फोरजी विस्तारका लागि विभिन्न २ कम्पनीसँग सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम माघसम्म काम सम्पन्न गर्नेगरी देशभर फोरजी सेवा विस्तारको काम चलिरहेको छ । हाल टेलिकमले विभिन्न ६५ जिल्लाका करिव २ हजारभन्दा बढी स्थानमा फोरजी सेवा संचालनमा ल्याईसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x