Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विपी राजमार्ग विस्तारका लागि परामर्शदाता छनोट गरिँदै

विपी राजमार्ग विस्तारका लागि परामर्शदाता छनोट गरिँदै

काठमाडौं, १ माघ । विपी हाइवे (धुलिखेल- सिन्धुली-बर्दिवास सडक) दुई लेनमा विस्तार गरिने भएको छ। जापानको आर्थिक र प्राविधिक सहयोगमा बनेको सडक विस्तारका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ।

सडक विस्तारका लागि सडक आयोजनाले टेण्डर आह्वान समेत गरि सकेको छ । आवहनमा १२ वटा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका मध्येबाट सर्टलिष्ट गरेर केहीसँग आशयपत्र माग्ने तयारी भइरहेको आयोजनाले जनाएको छ । ुदुई महिनामा कम्पनी छनोट भएर अध्ययनको काम सुरू हुनेछ । ुअध्ययन थालेको २१ महिनाभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ।ु विस्तृत अध्ययन र ड्रइङ डिजाइनसँगै वातावरणीय प्रभाव मूल्याङकन समेत सोही ठेक्काबाटै गर्न लागिएको छ। विपी हाइवे वातावरणमैत्री हिसाबले बनाइएकाले सोहीअनुसार विस्तार गर्ने योजनामा आयोजना छ। अहिलेको संरचनामा धेरै फेरबदल नगरी विस्तारका काम गर्नुपर्ने भएकाले अध्ययनका लागि २१ महिनाको समयावधि राखिएको आयोजनाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x