Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सन्राइज बैंकले ल्यायो ३ हजार ५ सय रुपैयाँसम्मको क्यास ब्याक योजना

सन्राइज बैंकले ल्यायो ३ हजार ५ सय रुपैयाँसम्मको  क्यास ब्याक योजना

काठमाडौं, १ माघ । सन्राइज बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ क्यास ब्याक योजना ल्याएको छ । बुधबारदेखि लागु हुने गरी बैंकले ३ महिनासम्म संचालन गर्ने गरी यो योजना ल्याएको जनाएको छ । बैंकका डेबिट÷क्रेडिट कार्ड सेवा लिइरहेका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २ सय ५० रुपैया क्यास ब्याक र ई–कमर्शबाट कारोबार गर्दा २ सय ५० रुपैयाँ नै क्यास व्याक प्राप्त हुने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट÷क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्ने बैेंकले जनाएको छ । एक पटक वा पटक पटक गरी एक महिनामा १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार रुपैयाँ क्यास व्याक प्राप्त गर्नुका साथै एकजना कार्डहोल्डरले योजनाअवधिमा अधिकतम ३ हजार ६ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x