Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुद्रास्फिति बढ्दो, रेमिट्यान्समा सामान्य वृद्धि

मुद्रास्फिति बढ्दो, रेमिट्यान्समा सामान्य वृद्धि

काठमाडौं, ६ माघ । चालु आर्थिक वर्ष २०७६–७७ को पहिलो पाँच महिना अर्थात् साउनदेखि मंसीरसम्म मुलुकमा भित्रने रेमिट्यान्स सामान्य बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा तीन खर्ब ७६ अर्ब ५९ करोड रुपैैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आवमा तीन खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो शून्य दशमलव १ प्रतिशतको वृद्धिदर हो ।

मूल्यवृद्धि भने राष्ट्र बैंकले लक्ष्य गरेको ६ प्रतिशतको सीमा नाघेको छ । मंसीर महिनामा ६.५५ प्रतिशतको आर्थिक वृद्धिदर रहेको छ । त्यस्तै, निकासीमा सुधार र आयात घटेका कारण व्यापार घाटा पनि घटेको छ । चालु आवमा ४७ अर्ब ६२ करोड रुपैयाँ निकासी भएको छ । ५ खर्ब ८१ अर्ब रुपैयाँको आयात भएको छ । यो अवधिमा व्यापार घाटा ५ खर्ब ३४ अर्ब रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x