पाईलटले सामूहिक राजिनामा दिने भएपछि निगमका खरेल आफैले राजीनामा दिए
काठमाडौं ६ माघ । नेपाल बायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । निगमका पाईलटहरुले सामूहिक राजीनामा दिने तयारी गरि रहेका बेला अध्यक्ष खरेल आफैले राजीनामा दिएर अष्टेलिया पुगेका छन् ।
गत भदौ २७ गते मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । तर, खरेलको कार्य सम्पादन राम्रो नभएपछि चौतर्फी आलोचन हुन थालेको थियो ।
खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै दुर्गमका सबै विमानस्थल संचालनमा ल्याउने समेत उनको प्रतिबद्धता थियो। तर यी प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनीप्रति सरकारको दृष्टिकोण बदलिएको थियो। खरेलको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारम्बार असन्तुष्टि पोख्दै आएका थिए।
यसै बिच असन्तुष्ट पाईलटहरुले एकै पटक सामूहिक राजीनामा दिने भनी हस्ताक्षर संकलन गर्दै थिए । सबै पाईलटले राजीनामा दिदा निगमको हवार्य सेवा ठप्प हुने निश्चित थियो । यसले आफनो छवि झनै विग्रिने भए पछि खरेलले आफैले राजीनामा दिएका हुन् ।