Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

खाना पकाउँने एलपी ग्यासको खपत चार गुणा बढ्यो

खाना पकाउँने एलपी ग्यासको खपत चार गुणा बढ्यो

काठमाडौं, ६ माघ । नेपालको ग्रामिण क्षेत्रमा पनि खाना पकाउँनका लागि एलपी ग्यासको प्रयोग हुन थालेपछि नेपालमा ग्यास खपत बढेको छ । नेपाल आयल निगमको तथ्यांक अनुसार विगत १० बर्षको अवधिमा ग्यासको माग चार गुणाले बढेको छ ।

निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५÷६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएको थियो । आव २०७५÷७६ मा भने ४ लाख १२ हजार ८५३ टन खपत भएको छ । बार्षिक १५ प्रतिशतका दरले खपत बढ्दै गएको निगमको तथ्यांक छ ।

निगमले पछिल्लो १० वर्षमा २६ लाख ६ हजार २ सय ४८ टन ग्यास आयात गरेको छ तथ्यांक अनुसार आर्थिक वर्ष २०६५÷६६ मा १ लाख १५ हजार ८१३ टन आयात भएको छ । आव ०६६÷६७ मा १ लाख ४१ हजार १७१ आयात भएको थियो । यस्तै आव ०६७÷६८ मा १ लाख ५९ हजार २८६ टन आयात भएकोमा आव ०६८÷०६९ मा १ लाख ८१ हजार ४४६ टन आयात भएको थियो । आव ०६९÷०७० मा २ लाख ७ हजार ३८ टन ग्यास आयात गरेको थियो । २०७०÷७१ मा २ लाख ३२ हजार ६६० टन ग्यास आयात भएको थियो । यस्तै, आव ०७१÷७२ मा २ लाख ५८ हजार २९९ टन, आव ०७२÷७३ मा २ लाख १४ हजार १९४ टन आयत भएको थियो । तर, ०७२÷०७३ मा भारतले गरेको अघोषित नाकाबन्दीका कारण कम ग्यास आयात भएको थियो । यस्तै आव ०७३÷७४ मा ३ लाख १२ हजार ९२८ टन आयात भएकोमा आव ०७४÷७५ मा ३ लाख ७० हजार ५६० टन आयात भएको निगमको तथ्यांक छ ।

निगमका अनुसार ग्यासको मासिक औसत खपत ३० देखि ३२ हजार टन हुने गर्छ । हाल सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्योगसँग ७ हजार ८ सय २३ टन ग्यास भन्डारणको क्षमता रहेको छ । निगमसँग भने ग्यास भन्डारणको क्षमता छैन । निगमसँग ग्यास ढुवानी गर्ने ट्यांकर नभएका कारण एलपी ग्यास पी.डी.ओ ग्यास उद्योगीलाई उपलब्ध गराउने गर्छ । मुलुकमा ग्यासको विकल्प नहुँदा ग्यासकै लागि बार्षिक २० देखि २५ अर्ब रुपैयाँ बाहिर जाने गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x