Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

झापा–सिलगुडी पाइपलाइन विस्तार गरिने

झापा–सिलगुडी पाइपलाइन विस्तार गरिने

काठमाडौं, ६ माघ । नेपालको झापादेखि भारतको सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सकारात्मक भएको छ । भारतमा हालै सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमाझापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सहमत भएको हो । अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइनविस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको छ ।

मन्त्रालयका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवन लोथरसम्म विस्तार गर्न अध्ययन टोली बनाउने सहमति पनि भएको छ । सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली गठन गरी प्राविधिक प्रतिवेदन बनाउने समेत निर्णय भएको छ । झापा र धनुषामा निगमले बनाउने बोटलिङ प्लान्ट निर्माणमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बोटलिङ प्लान्ट निर्माणका लागि आयल निगमले विस्तृत अवधारणापत्र तयार गरी आईओसीलाई उपलब्ध गराउने सहमति भएको मन्त्रालयको भनाइ छ ।
पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति, झापा, सर्लाही र भैरहवामा पेट्रोलियम भण्डारण डिपो स्थापना, अमलेखगंजमा भर्टिकल पेट्रोल भण्डारण टैंक निर्माण, वीरगंज भन्सार कार्यालयमा डिजिटल डिस्प्ले मिटर जडान, झापा र महेन्द्रनगर (धनुषा) मा बोटलिङ्ग प्लान्ट निर्माण गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x