सुदूरपश्चिममा एनएमवी बैंकको प्रादेशिक कार्यालय संचालनमा

धनगढी, ६ माघ । एनएमबी बैंकले सुदूरपश्चिममा प्रदेश कार्यालय संचालनमा ल्याएको छ । एनएमबी बैंकका संचालक समिति सदस्य प्रदिपराज पाण्डे, राजेन्द्र काफ्ले र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा बैंकको प्रदेश कार्यालयको उदघाटन गरेका हुन ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत केसीले एनएमबी बैंकलाई प्रदेश भरिमा उत्कृष्ट बैंक बनाउने बताए । उनले देशभरी बैंकको १ सय ६३ शाखाहरु रहेकोमा सुदुरपश्चिम प्रदेशमा आउदो एक बर्षमा सबैभन्दा बढी शाखा भएको बैंक बनाइने बताए । बैंकले यहाँका जलविद्युत, कृषि लगायतका अन्य क्षेत्रमा समेत आगामी दिनमा लगानी गर्ने नीति लिएको बताए ।

सोही अवसरमा बैंकको धनगढी शाखाको समेत नयाँ भवनबाट सेवा शुरुवात गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *