Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

कामना सेवाको प्रदेश ५ मा २ शाखा विस्तार

कामना सेवाको प्रदेश ५ मा २ शाखा विस्तार

काठमाडौं, ६ माघ । कामना सेवा विकास बैंक प्रदेश नं. ५ मा दुई वटा शाखा संचालनमा ल्याएको छ । बैंकले नवलपरासीको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा शाखा संचालनमा ल्याएको हो ।

बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे भने मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा गरे ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १ सय १६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x