Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेयर बजारमा उचार चढाव, कारोबारमा उत्साह कायमै

सेयर बजारमा उचार चढाव, कारोबारमा उत्साह कायमै

काठमाडौं, ६ माघ । सेयर बजारमा पछिल्लो केही दिन उच्च अंकको बृद्धि थियो । तर सोमबार (आज) भने त्यो बृद्धि कायम रहेन । बजार खुलेदेखि नै उतार चढाव देखिएको बजार २६.५४ अंकले घटेर १३१७.११ को विन्दुमा ओर्लिएको छ ।

बजार घटेपनि कारोबार भने उत्साहजनक नै छ । १ सय ८२ कम्पनीको १ अर्व ९७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । घटबढ बजारको स्वभाविक नियम भएकाले आजको घटाईबाट निराश भइहाल्नुपर्ने अवस्था नरहेको लगानीकर्ता बताउछन् । गतसाता बजार ९७ अंकले बढेको थियो । वित्तीय क्षेत्रको व्याजदर घटेसँगै लगानीकर्ताहरुको मनोबल बढेको अनुमान गरिएको छ ।

आज कारोबारमा आएका १२ समूहका परिसूचक सबैमा गिरावट आएको छ ।

हिमालयन डिष्टलरीको भने सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबारकै आधारमा दोस्रोमा एनसिसि बैंकको १३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा भने मल्टिप्रपोज फाइनान्स रहेको छ । फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले तल झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x