काठमाडौं मल कम्पनीलाई भाडामा, बिबाद झेल्नु नपर्ने विश्वास

काठमाडौं, ६ माघ । सुन्धारा स्थित काठमाडौं मल मासिक १ करोड १७ लाख रुपैयाँ भाडामा लगाइएको छ । कर्मचारी सञ्चय कोष स्वामित्वमा रहेको मल आगामी ५ वर्षका लागि दिवा सपना जेभिले भाडामा पाएको हो ।

भाडामा लगाउनका लागि चार पटक बोलकबोल टेण्डर आह्वान गरेको थियो। कम्पनी ५ वर्षको अवधिमा कोषलाई ६० करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ।

मलमा करिब ३ सय भन्दा व्यापारीक सटर छन् । विगतमा उचित व्यवस्थापन नगरि व्यक्तिलाई मल भाडामा लगाउदा पटक पटक बिबाद उत्पन्न हुने गरेको थियो । तर गत वर्ष भाडा व्यवस्थापन कार्यविधि २०७५ बनाएको छ । यो कार्यविधिमा टेण्डर आह्वान गर्दा संस्थागत रुपमा गर्नु पर्ने व्यवस्था गरिएकाले कम्पनीमार्फत टेण्डर आह्वान गर्नु पर्ने वाध्यात्मक व्यवस्था थियो । त्यसले गर्दा आगामी दिनमा विगतको जस्तो बिबाद झेल्नु नपर्ने विश्वास व्यापारीहरुको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *