Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सार्वजनिक यातायातमा ट्राफिक प्रहरीको छड्के, २ हजार ८ सय सवारी चालकलाई १८ बुँदे निर्देशन

सार्वजनिक यातायातमा ट्राफिक प्रहरीको छड्के, २ हजार ८ सय सवारी चालकलाई १८ बुँदे निर्देशन

काठमाडौं, ६ माघ । महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकामा संचालन हुने सार्वजनिक यातायातमा छड्के अनुगमनलाई तीब्र पारेको छ । सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउनका लागि यस्तो अनुगमन थालेको महाशाखाका प्रवक्ता (प्रहरी उपरिक्षक) जीवन कुमार श्रेष्ठले बताए ।

प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार ४४ वटा ट्राफिक युनिट तथा नेपाल यातायात व्यवसायी महासंघ, यातायात मजदुर संघ, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनको संयुक्त समितिले प्रत्येक दिन १ घण्टा छड्के अनुगमन गरिरहेकोे छ । अनुगमनका क्रममा भाडा सम्वन्धि गुनासो भएको, ढोका खुल्ला गरी सवारी चलाएको, आरक्षण सिटको पालना नगरेको, क्षमता भन्दा बढी यात्रु बोकेको, चालक र सहचालकको बोली व्यवहार राम्रो भए÷नभएको चेकजाँच गरिने छ ।

सो क्रममा त्रुटी देखिएमा सवारीका चालकलाई त्रुटी एक हप्ता भित्र सुधार गरी जानकारी दिन निर्देशन सहितको चालक तथा अनुगमनकर्ताको हस्ताक्षरसहितको १८ बुँदे निर्देशन दिने गरिएको ।

अभियान सुरु भएको एक हप्तामा ३ हजार ३ सय ४२ सवारीको अनुगमन गरिएको छ। पुस २८ गतेदेखि हालसम्म २ हजार ८ सय ६७ सवारीमा त्रुटीहरु देखिएकाले उनीहरुलाई सुधारका लागि भनिएको छ। एक हप्तामा सुधार नगरेकोे पाइएमा एक हजार रुपैँया सम्मकोे जरीवाना तथा अन्य सजाय हुन सक्ने उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x