Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुलुकको परिवर्तनमा सबै जिम्मेवार बनौं : अर्थमन्त्री डा खतिवडा

मुलुकको परिवर्तनमा सबै जिम्मेवार बनौं : अर्थमन्त्री डा खतिवडा

काठमाडौ, ७ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा तयार हुदैं आएको अनुकुल व्यवसायिक वातावरण निर्माण गर्ने वैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । मन्त्री खतिवडाले अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा व्यवसाय मैत्री क्रियाकलापलाई सघन रुपमा अगाडि बढाउन अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा बैठकका पदाधिकारीलाई निर्देशन दिए ।

उनले वित्तीय प्रणालीका महत्वपूर्ण पक्षका रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन नियमन तथा राष्ट्र बैंकले समय समयमा ती संस्थाहरुलाई दिइएका निर्देशनको कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत जानकारी लिए । बैठकमा बैंकको व्याजदर, सेवा शुल्कलगायतका अन्य महत्वपूर्ण विषयमा छलफल केन्द्रित भएको हो ।

लगातार हासिल गरेको उच्च आर्थिक बृद्धिको सन्दर्भमा निजी क्षेत्रबाट हुने लगानीलाई प्रोत्साहित गर्न सरकारले कार्यान्वयनमा ल्याएका प्रभावकारी नीतिगत पक्षहरुको बारेमा जानकारी गराइएको विषयमा बैठकमा सहभागी पदाधिकारीले आ–आफ्नो प्रतिवद्धता समेत व्यक्त गरे ।

छलफलमा अर्थ मन्त्री खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिदैं मुलुकमा हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न, व्याजदर निर्धारणको सम्बोधन गर्न वंैकले लिने सेवा शुल्कको समिक्षा गर्न समेत निर्देशन दिए ।
छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधिकारीलाई सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरि काम गर्न निर्देशन दिए । वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न, विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन एवम् नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन समेत निर्देशन दिए । खतिवडाले सबै क्षेत्र मिलेर मुलुकमा केही परिवर्तन ल्याउनेगरी काम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधकारीलाई निर्देशन दिए ।

सरकारले अघि सारेका नीति नियम तथा योजनाहरुलाई कार्यान्वयनको चरणमा देखा परेको समस्या र तीनको समाधानको लागि सदैव तयार रहेको भन्दै उनले सम्बन्धीत निकायलाई कामको प्रगति र समस्याको बारेमा जानकारी गराउन समेत निर्देशन दिए । सरकारले अघि बढाएका वित्तीय क्षेत्रका नीति नियम र निर्देशनको कार्यान्वयन, प्रगति अवस्था तथा समस्या समाधानका विषयमा छलफल भएको हो । छलफलमा समग्र आर्थिक परिसूचकहरु तथा वित्तीय परिसूचकहरुको पछिल्लो अवस्था, नेपाल राष्ट्र वैकको निर्देशनहरुको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन एवम् तरलता व्यवस्थापनको पछिल्लो अवस्था बारेमा छलफल भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x