Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

धमाधम हुँदैछ सेस्मिक सर्भेको काम, तीन लाईन सम्पन्न

धमाधम हुँदैछ सेस्मिक सर्भेको काम, तीन लाईन सम्पन्न

काठमाडौं, ७ माघ । पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’ को काम धमाधाम भै रहेको छ । एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको छ भने सातवटा स्थानमा काम भै रहेको छ । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ । तीन लाईनको काम सम्पन्न भएको छ ।

माघ मसान्तसम्म सर्भेको काम सम्पन्न हुनेछ । त्यसपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपछि मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ । पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ, भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिएपनि बाँकी काम भइरहेको हो । दैलेखका विभिन्न भूभागहरुमा जमीनको ४५ फिटमुनिसम्म सानो मेशिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम सुरु भइरहेको छ । अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम सुरु भएको हो । एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ ।

सेस्मिक सर्भे जमीनको धेरै गहिराइसम्म कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्ग जमीनको सतहमुनिको धेरै गहिराइसम्म पठाइन्छ, जमीनको तल्लो सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड गरिन्छ । रेकर्ड गरिएका तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ । यसले कुन स्थानमा भण्डारण धेरै सम्भावना छ त्यो कुरा पत्ता लगाउन मद्दत गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x