Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चार दुरसञ्चार कम्पनीले ३ अर्ब ७२ करोड रोयल्टी तिरे

चार दुरसञ्चार कम्पनीले ३ अर्ब ७२ करोड रोयल्टी तिरे

काठमाडौं, ७ माघ । चार दूरसञ्चार सेवाप्रदायक कम्पनीले सरकारलाई ३ अर्ब ७२ करोड रोयल्टी भुक्तानी गरेका छन् । चालु आर्थिक बर्षको पुसमसान्तसम्ममा कम्पनीले उक्त रकम भुक्तानी गरेका हुन् । सेवाप्रदायकले दूरसञ्चार कम्पनीले कुल अम्दानीको ४ प्रतिशत रोयल्टी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार सो अवधिमा एनसेलले २ अर्ब २१ करोड १३ लाख रुपैयाँ तिरेको छ । एनसेल सबैभन्दा बढी रोयल्टी भुक्तानी गर्ने कम्पनी हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले १ अर्ब ४७ करोड ३५ लाख सरकारको रोयल्टी खातामा जम्मा गरेको छ । इन्टरनेट सेवाप्रदायक वल्र्डलिंङकले १२ करोड र भायानेटले दुई करोड ५५ लाख तिरेको प्राधिकरणले जनाएको छ । अन्य इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायक गरी कुल ३ अर्ब ८८ करोड रोयल्टी उठेको प्राधिकरणको तथ्याक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x