Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कतारपछि धेरै रेमिट्यान्स भित्रिने दोस्रोमा भारत

कतारपछि धेरै रेमिट्यान्स भित्रिने दोस्रोमा भारत

काठमाडौं, १४ माघ । नेपालमा सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनअनुसार कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सबैभन्दा धेरै कतार र भारतबाट रेमिट्यान्स भित्रिएको हो । कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै सो अवधिमा भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनाको तथ्याङ्कअनुसार कुल रेमिट्यान्सको ५०.३ प्रतिशत खाडी मुलुकहरुबाट भित्रिने गरेको छ । यस अवधिमा यूएईबाट ४० अर्ब ८७ करोड, मलेसियाबाट २९ अर्ब ६६ करोड, अमेरिकाबाट २५ अर्ब ४२ करोड, जापानबाट २२ अर्ब ८७ करोड, कुवेतबाट ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

त्यसैगरी कोरियाबाट ६ अर्ब १५ करोड, बेलायतबाट ५ अर्ब ४ करोड, अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड र अन्य मुलुकबाट १८ अर्ब ७ करोड रेमिट्यान्सत भित्रिएको प्रतिवेदनले देखाएको छ ।
प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५÷७६ मा मलेसियाबाट आउने रेमिट्यान्स घटेको छ । खाडी देशहरु र मलेसियाबाहेक अमेरिका, जापान र दक्षिण कोरियाबाट पनि धेरै रेमिट्यान्स भित्रिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x