विराटनगरमा सीजीले खोल्यो एलजी ब्राण्ड सप

काठमाडौं, १४ माघ । सीजी इलेक्ट्रोनिक्सले विराटनगरमा एलजीको प्रिमियम ब्राण्ड सप सञ्चालनमा ल्याएको छ । प्रदेश १ मा सीजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको यो पहिलो सो रुम तथा ब्राण्ड सप हो । यसमा एलजी ब्राण्डका विभिन्न घरयासी सामग्रीहरु उपलब्ध छन् । सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी होम अप्लायन्सको आधिकारिक बिक्रेता हो ।
यो सीजी इलेक्ट्रोनिक्सको १८औं शोरुम हो । एलजीको प्रिमियम ब्राण्ड सपमध्ये यो आठौं हो । यो ब्राण्ड सप सञ्चालनमा आएसँगै माघ २० गतेसम्मका लागि विभिन्न छुट योजनाहरु पनि सार्वजनिक गरेको छ । एलजी ब्राण्डका घरयासी सामानमा २४ प्रतिशत छुटको अफर सँगै कम्पनीले निब्र्याजी मासिक किस्तामा सामान खरिद गर्न सक्ने व्यवस्था पनि मिलाएको छ । त्यस्तै एलजीका सामान खरिदमा विभिन्न उपहार, निशुल्क जडान सुविधा तथा एलइडी टीभी साट्न सकिने अफर रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *