आप्रवासनमा ट्रम्पको कसिलो नीतिलाई अमेरिकी अदालतले गर्यो सदर

एजेन्सी , १४ माघ । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई स्थायी बसोबासको अनुमति दिने कानुनमा कडाइ गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहज बनाइदिएको छ।
अब अमेरिकाको स्थायी बसोबासका लागि चाहिने ग्रीनकार्ड पाउन आप्रवासीहरूलाई कठिन पर्ने छ। राष्ट्रपति ट्रम्पले आप्रवासीहरूलाई अमेरिकामा कडा कानुन बनाउनुपर्ने नीति लिएका छन्।

सर्वोच्च अदालतका नौ न्यायाधीश मध्ये आप्रवासीलाई कडाइ गर्नुपर्नेमा पाँच न्यायाधीशको मत मिलेको थियो। विभिन्न समयमा रिपब्लिकन राष्ट्रपतिहरूले नियुक्त गरेका प्रधानन्यायाधीश सहित पाँच ‘कन्जरभेटिभ’ न्यायाधीशहरूले ट्रम्पको नीतको समर्थन गरेका थिए भने चार उदावादी न्यायाधीशले आप्रवासीलाई कडाइ गर्न नहुने मत राखेका थिए। बहुमत न्यायाधीशको निर्णय नै सर्वोच्चको आदेश मानिन्छ।
सर्वोच्च अदालतले ट्रम्पको पक्षमा गरेको आदेशको त्यहाँ आलोचना भइरहेको छ। अविकसित देशबाट आएका थोरै कमाइ हुने र बढी कमाइ हुनेहरूबीच विभेद गर्ने आदेश भएको आलोचकहरूको भनाइ छ।
‘आप्रवासन कानुनमा निवेदकलाई सम्पत्तिका आधारमा गरिने विभेद लाजमर्दो हो र यो अमेरिकन नीति हुन सक्दैन,’ डेमोक्रेटिक सिनेटर डिक डर्विनले ट्वीटरमा लेखेका छन्।
ट्रम्पको नीतिले ल्याटिन अमेरिका, अफ्रिका र एसियाबाट आउने न्युन आय भएका आप्रवासीहरूमाथि विभेद गर्ने यस नितिका आलोचनकहरुले बताएका छन्। डेमोक्रेटिकहरूले भने आप्रवासीलाई कडाई गर्ने ट्रम्पनीतिको विरोध गर्दै आएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *