Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘आस्कमी भर्चुअल जब फेयर २०२०’ माघ १५ र १६ मा, मोबाइलबाटै जागिर खोज्न सकिने

‘आस्कमी  भर्चुअल जब फेयर २०२०’ माघ १५ र १६ मा, मोबाइलबाटै जागिर खोज्न सकिने

काठमाडौं, १४ माघ । आस्कमी म्यानेजमेन्टले पहिलो पटक ‘आस्क्मी भर्चुअल जब फेयर २०२०’ गर्ने भएको छ । आस्क्मीले माघ १५ र १६ गते उक्त फेयर सञ्चालन गर्ने भएको हो । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डट कममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनलगायत विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई लक्षित गरि अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्कमीले जनाएको छ ।

कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारी जब फेयरबाट लिन सक्नेछन् भने जागिरको खोजीमा भौतारिएकाहरु तथा जागिर परिवर्तन गर्न चाहनेहरुका लागि जब फेयर उचित गन्तव्य हुने विश्वस कम्पनीको छ । जब फेयर मा ५० भन्दाबढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्नेछन् भने कम्तीमा १ लाखले अनलाईन भिजिट गर्ने अपेक्षा गरिएको छ ।

जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्क्मी कन्सल्ट डट कममा गएर आफ्नो व्यक्तिगत तथा शैक्षिक योग्यता लगायतका सबै विवरण भरेर अकाउण्ट बनाउनु पर्ने हुन्छ ।
जब फेयरमा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्य रहने छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x