नेपालबाट हुने पाम आयलको निकासी रोक्न भारतीय व्यापारीको लविङ
काठमाडौं, १५ माघ । भारतीय व्यापारीहरुले नेपाललाई पाम आयल निकासीमा शुन्य भन्सार सहुलियत नदिन सरकारको ध्यानकर्षण गराएका छन् । भारतको व्यापारीक निकाय सोल्भेन्ट एक्जाक्र्ट एसोसियसन अफ इण्डिया (एसईए) ले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफटा) अनुसार आम आयलनमा भन्सार सहुलियत दिदाँ भारतीय प्रशोधन उद्योग संकटमा पर्ने भएकाले सहुलियत नदिन आग्रह गरेका हुन ।
एसईएका अध्यक्ष अतुल चर्तुवेदीले नेपाललाई शुन्य भन्सार सहुलियत दिएमा भारतको राजश्व संकलनमा कमि आउने र प्रशोधन उद्योग संकटका पर्नुका साथै सिड उत्पादन गर्ने किसान मर्कामा पर्ने बताए । उनले पामको कच्चा पदार्थ नेपालको उत्पादन नभएकोले कुनै पनि अवस्थामा नेपाललाई पाम आयलमा शुन्य भन्सार सहुलियत दिन नुहुने जिकिर गरे ।
भारतले नेपालबाट हुने पाम आयल निकासीमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले निकासी खुलाउन कुटनीतिक पहल थाल्ने तयारी गरेको छ। पाम आयलले नेपालको निकासी व्यापार समेत बढाएको छ।