Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

बाग्लुङको लक्ष्मिकुण्डघाट पुल निर्माण सम्पन्न : ढोरपाटन शिकार आरक्ष र रुकुमपुर्व पुग्न सहज

बाग्लुङको  लक्ष्मिकुण्डघाट पुल निर्माण सम्पन्न : ढोरपाटन शिकार आरक्ष र रुकुमपुर्व पुग्न सहज

काठमाडौं, १५ माघ । बाग्लुङको पश्चिम निसीभुजी क्षेत्रलाई लक्षित गरी ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा अवस्थित लक्ष्मीकुण्ड घाट मोटरेवल पुल निर्माण गरिएको छ । निर्माण सुुरु गरेको दुई वर्षमा सम्पन्न पुलको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले उद्घाटन गरे ।

कार्यक्रममा नगरप्रमुख नेपालीले उक्त पुलले अवका दिनमा मुलुककै एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटक तथा निसीभुजीदेखि पुर्वि रुकुम, रोल्पा सम्मका उपभोक्तालाई सहज हुने बताए । त्यस्तै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले विकासको आयाम मध्यको मोटरेवल पुल नहुँदा जनतालाई निकै सास्ती भइरहेको अवस्थामा उक्त पुल विकासको कोसेढुङ्गा सावित हुने बताए ।

२०७४ माघ ९ गतेदेखिसुरु भएको ६० मिटर लामो बहुप्रतिक्षित उक्त मोटरेबल पुल साढे ६ करोड लागतमा निर्माण सम्पन्न भएको थियोे । पुल निर्माण कम्पनी दिवा कन्सट्रक्सन प्राइभेटले गरेको हो । पुल सञ्चालनमा आएपछि मुुलुकको एकमात्र शिकार आरक्ष ढोरपाटन र रुकुमपुर्व पुग्न सहज हुने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x