Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यू म्यानेजमेन्ट उपकरण जडान

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यू म्यानेजमेन्ट उपकरण जडान

काठमाडौं, १७ माघ । महालक्ष्मी विकास बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यू म्यानेजमेन्ट उपकरण जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको कालिमाटी शाखाले शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो ।

उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावलले उपकरणको उद्घाटन गरे । अस्पताल आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो । देशका १ सय २ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x