Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

विद्युतीय माध्यमबाट किनमेल गर्दा १०% रकम तत्कालै पाइने

विद्युतीय माध्यमबाट किनमेल गर्दा १०% रकम तत्कालै पाइने

काठमाडौं, २८ माघ । आन्तरिक राजस्व विभागले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्यात)फिर्ता आजबाट औपचारिक सुरुवात गरेको छ । उक्त भ्याटफिर्ताको उद्घाटन मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका हुन् । भ्याटफिर्ताका लागि बिक्रेता, सेवा प्रदायक, विद्युतीय बिजक सम्बन्धि काम गर्ने कम्पनीहरु विभागको सफ्टवेयरमा जोडिइसकेका छन् । चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत घोषणा भएको भ्याट फिर्ता सात महिनाछि सुरु भएको हो। सुरुमा बैंकको डेबिट र क्रेडिट कार्डको भुक्तानीमा भने भ्याट फिर्ता नहुने विभागले स्पष्ट पारेको छ । यस्तै भावी दिनमा अध्ययन गरी डेबिट र क्रेडिट कार्डमा पनि भ्याट फिर्ता गरिने विभागले जनाएको छ।

साथै आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ । जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने विभागको भनाई छ।

यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र नयाँ सडकबाट प्रारम्भ गरिएको छ र क्रमशः अन्य आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा विस्तार गरिनेछ । यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिबृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमशस् नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुने विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *