नेप्से परिसूचक १७.११ अंकले बढ्यो, करोबार रकममा पनि सुधार
काठमाडौं, २८ माघ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.११ अंकले बढेको छ । नेप्से परिसूच बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबार ९३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आज नेप्से परिसूचक १३४१.३८ विन्दुमा बन्द भएको छ ।
१ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर खरिद–विक्री भएको छ ।
सबैभन्दा बढी सेयर खरिद विक्री हुँनेमा शिवम् सिमेण्ट लिमिटेड रहेको छ । उक्त कम्पनीको १५ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–विक्री भएको छ । त्यसैगरी एनआईसी एशिया बैंकको ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सिभिल बैंकको ८ करोड रुपैयाँभन्दा बढीको सेयर कोरोबार भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहहरुको परिसूचकमा वृद्धि भएको छ । उद्योग समूहको १.३३ प्रतिशतले परिसूचकमा कमी आएको हो । आज सर्वाधिक परिसूचक वृद्धि हुनेमा म्युचुअल फण्ड समूह रहेको छ । उक्त समूहको १.५७ प्रतिशत परिसूचकमा वृद्धि भएको हो ।