Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

आईएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

आईएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

काठमाडौं, २८ माघ । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआइपी अवार्ड २०२०) बाट सम्मानित भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । ढकाललाई बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त सम्मान प्रदान गरेको हो । आईएमईले २ खर्ब ६१ अर्ब ५८ करोड रुपैयाँ विदेशी विप्रेषण स्वदेश भित्र्याएको छ ।

मन्त्रालयले ढकालसहित २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।
हाल आईएमईले २ सय ३६ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *