Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हवाइ यात्रामा विदेशी पर्यटक ४० प्रतिशत घटे

हवाइ यात्रामा विदेशी पर्यटक ४० प्रतिशत घटे

काठमाडौं, २४ फागुन । नेपालका आन्तरिक वायुसेवा सञ्चालकहरुको संस्था नेपाल वायु सेवा संघले हवाई पर्यटकको संख्यामा ४० प्रतिशत गिरावट आएको बताएको छ । कोरोना भाइरसको प्रकोपका कारण विदेशी पर्यटकहरुको आगमनमा कमी आएपछि नेपाली वायु सेवा कम्पनीहरु प्रभावित भएका हुन् । इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसिएसनले भने कोरोना भाइरसका कारण एयरलाइन्स कम्पनीहरुको क्षति २९ अर्ब डलर रहने अनुमान गरेको छ ।

नेपालले घोषित रुपमा अहिले पाँच देशका पर्यटकलाई अनअराइभल भीसा दिन बन्द गरेको छ । चीन, जापान, कोरिया, इटाली र इरानका नागरिकलाई भीसा दिन बन्द गरिएको हो । चीनबाट बाह्य देशहरुमा भ्रमणमा जाने पर्यटकहरुको संख्यामा आधा कमी आएको छ । विश्वभर नै सबैभन्दा बढी बाह्य पर्यटक चिनियाँहरु हुने गर्थे ।

नेपाल वायु सेवा सञ्चालक संघले एयरलाइन्स कम्पनीहरुको ऋणमा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था मिलाउन तथा वायुयानका सीमित पाटपूर्जा आयातमा मूल्य अभिवृद्धि कर छुट दिदैं आएकोमा सन् २०२० भरी सम्पूर्ण पाटपूर्जामा कर छुट दिन सरकारसँग माग गरेको छ ।

ऋणको ब्याजसमेत साँवामा गाभ्नुपर्ने संघको माग छ । त्यस्तै हवाइ इन्धनको मूल्य ३० प्रतिशत घटाउन माग गरिएको छ । विश्वभरी पेट्रोलियमको खपत कम भइ पेट्रोलियमको उत्पादन कटौती भएको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल ५० अमेरिकी डलरभन्दा तल आइसकेको छ । अन्य वस्तुहरुको मूल्यमा पनि तीव्र गिरावट आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x