आइएमई जनरलले ६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २४ फागुन । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्योरेन्सको शनिवार सम्पन्न २२ औं वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँबाट बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयर वितरण पछि चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्ने छ ।

साधारण सभाले चुक्ता पुँजीको अनुपात संस्थापक सेयरधनीहरुको ८० र सर्वसाधारण सेयरधनीको २० प्रतिशत रहेकोमा त्यसलाई संशोधन गरि संस्थापकको ६० र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गरेको छ । सोही साधारण सभाले हेमराज ढकालको अध्यक्षतमा नयाँ संचालक समिति पनि चयन गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *