बजारमा खाद्यन्न लगायतका अत्यावश्यक सामाग्रीको अभाव नहुने
काठमाडौं, २८ फागुन । नेपालमा उपभोक्ताले प्राकृतिक विपत्तिका बेला अनावश्यक उपभोग्य सामाग्री सञ्चिति गरेर राख्ने प्रवित्तिको हावी भएको भन्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिब बैकुण्ठ अर्यालले त्यस्तो नगर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले आयोजनामा गरो कोरोना भाइरसको सन्दर्भमा आपुर्ति व्यवस्थाका विद्यमान स्थितीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्यालले नेपाली बजारमा केहि पनि कुराको कमी नभएको तर अभाव भन्ने शब्द उपभोक्ताको मनोबृत्तीमा रहेको बताए ।
पछिल्लो समय कोरोना भाइरसको त्रासले आपूर्तिमा समस्या उत्पान्न हुने भन्दै उपभोक्ताहरुले खाना पकाउने ग्यास, खाद्यन्न लगायतका सामाग्रीको सञ्चित गर्न तर्फ लागेका छन् ।
उनले अति आवश्यक दैनिक उपभोग्य सामाग्री चीनबाट बाहेक अन्य मुलुकबाट आयात भइरहेको र चीनबाट पनि छिटै आयात हुने वातावरण मिलाउने जानकारी दिए । सम्पुर्ण व्यावसायीहरुले कुनैपनि सामाग्रीको अभाव र महंगी बढ्न नदिने प्रतिवद्धता पनि अर्यालले जनाए ।
निर्धारित मूल्य भन्दा बढी लिएर सामान बेचेको पाएमा तत्काल ११३७ मा कल गर जानकारी गराउन पनि उनले आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब यादव प्रसाद कोइरालाले केहि पनि कुरामा अभाव नहुने बताउदै कोरोनाबाट त्रसति नर्भ संयम हुन आग्रह गरे ।
ग्यास बितरक संघ , एल पी ग्यास उद्योग संघका पदाधिकारीहरुले खाना पकाउने ग्यासको आयात भइरहेकाले अभाव नहुने बताए । त्यसैगरी खाद्य व्यावसायीहरुले अझै ६ महिनालाई प्रशस्त पुग्ने खाद्य सामाग्री स्टकमा रहेकाले अभाव नहुने बताएका छन् ।