संखुवासभाको चिचिला गाउँपालिकामा वित्तीय साक्षारता कार्यक्रम संचालन

काठमाडौं, २८ फागुन । प्रभु बैंक लिमिटेडले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा संखुवासभाको चिचिला गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । एक दिने कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबारका आधारभुत ज्ञानबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले सो क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक लिमिटेड र सेजनलाई विशेष धन्यबाद प्रकट गरे ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरि आयआर्जनको श्रोत बढाउन स्थानीयहरुलाई आग्रह गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *