Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोटेश्वर–कलंकी सडक खण्डमा चैत २ देखि लेन प्रयोगको नयाँ नियम

कोटेश्वर–कलंकी सडक खण्डमा चैत २ देखि लेन प्रयोगको नयाँ नियम

काठमाडौं, २८ फागुन । कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगको नयाँ नियम चैत २ गतेबाट लागु हुने भएको छ ।

उक्त सडक खण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त) लेनबाट मात्र चलाउने व्यवस्था लागु गरिने महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन तथा सवारी दुर्घटना न्यूनिकरण यस्तो व्यस्था गरेको बताइएको छ।

महाशाखाले उक्त सडक खण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए

१० किलो मिटर लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने महाशाखाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x