नबिल बैंकको ‘नबिल डिबेन्चर २०८२’ चैत २ देखि बिक्री खुला

काठमाडौं, २८ फागुन । नबिल बैंकले २ अर्ब रुपैयाँको ‘नबिल डिबेन्चर २०८२’ निष्काशन गर्ने भएको छ । उक्त डिबेन्चर आगामी चैत २ गते देखि खुला भई छिटोमा चैत ५ गते र ढिलोमा १६ गते बन्द हुने बैंकले जनाएको छ ।

बैंकले ७ वर्षका लागि बार्षिक १० प्रतिशत ब्याजदरमा डिबेन्चर बिक्री गर्न लागेको हो ।

इच्छुकले बैंकको जुनसुकै शाखा तथा सि–आस्बामा सहभागि बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्ने छन् । बैंकले डिबेन्चरलाई लगानीको सुवर्ण अवसरसँगै समृद्ध जीवन यात्राको लहरको रुपमा औल्याएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *