मौरीपालनबाट वार्षिक लाखौ आम्दानी
बझाङ, २९ फागुन । बझाङ मष्टा गाउँपालिकाका कर्मराज बोहोरा ४ वर्षदेखि मौरिपालन व्यावसाय गरिरहेका छन् । केहि व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौं गएका बोहोराले नेपाल मौरिपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अपुनप्रसाद पोख्रेलसँगलाई भेटपछि आफूलाई मौरी पालन व्यवसायमा आकर्षण बढेको बताए ।
उनले अहिले बुटवलको नपागाउँमा गएर व्यवसायिक मौरिपालन गरिरहेका छन् ।
२२ वर्षका बोहोराले यो व्यवसायबाट आफूले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । रोकायाको फर्ममा १ सय २० मौरीका घार रहेका छन् । उनले यी मौरीका घारबाट बर्षमा ६ पटक मह काड्ने गरेका छन् । एक पटकमा ३ सय ५० किलो मह काड्ने गरेको उनी बताउँछन् । अहिले स्थानीय बजारमा मह प्रतिकेजी ६ सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । उनी भन्छन्–‘३ सय ५० केजी मह बिक्री गर्दा एक पटकमा २ लाख १० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छु । खर्च कटाएर वार्षिक करिव १२ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।’
बोहोराले अहिलेको स्थानीय सरकार मैरीपालन व्यवसायलाई प्रवद्धर्न गर्ने नीति र आर्थिक अनुदान आवश्यकाता रहेको बताए । उनले जिल्लामा रहेका सबै स्थानीय तहलाई मौरिपालन सम्वन्धी तालिम र अनुदान दिएर युवाहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् । अहिले अधिकांश युवायुवतीहरु देशमा रोजगारी नपाएर विदेशिन थालेका र त्यसो गर्नुभन्दा केहि पेशा अङ्गालेर आफै स्वरोजगार हुन पनि उनले आग्रह गरे ।