Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्राइम कमर्सियल र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं, २९ फागुन । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गरि एकीकृत कारोबार सुरु गरेको छ ।

प्राइम कमर्सियल बैंकको नामबाट आज देखि एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई एकीकृत कारोबारका लागि फागुन १८ गते स्विकृती दिएको थियो ।

योसँगै प्राईम बैंकको कूल शाखा संख्या २ सय पुगेको छ । त्यस्तै चुक्ता पुँजी १४ अर्ब रुपैयाँ र कुल पुँजी कोष करिब १९ अर्ब रुपैयाँको हुने छ ।

यस्तै बैंकको कूल निक्षेप संकलन १ खर्ब ३० अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब रुपैयाँ छ ।

यसअघि प्राईमले कन्काई विकास बैंकलाई प्राप्ती गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x