Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

सेयर बजार अस्थिर, परिसूचक पुनः घट्यो

सेयर बजार अस्थिर, परिसूचक पुनः घट्यो

काठमाडौं, २९ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । बुधबार उच्च अंकले वृद्धि भएको परिसूचक आज ४५.९१ अंक घटेर १३७७.१८ विन्दुमा रोकिएको हो । गत कारोबार दिन नेप्से परिसूचक १४२३.०९ विन्दुमा पुगेको थियो । त्यस्तै आज कारोबार रकममा पनि कमी आएको छ । बुधबार २ अर्ब २२ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज २ अर्ब २० करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम १ करोड ४४ लाख रुपैयाँ कम हो ।
त्यस्तै १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता सेयर खरिद विक्री भएको छ ।

सर्वाधिक सेयर कारोबार नेपाल लाइफको
आज सर्वाधिक सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको १९ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो कम्पनीको आज प्रतिसेयर मूल्य १ हजार १ सय ८७ कायम भएको छ । त्यस्तै एनआईसी एशिया बैंकको ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको र एनएमबि बैंक लिमिटेडको ९ करोड ४१ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । आज एनआईसी एशियाको अन्तिम प्रतिसेयर मूल्य ५ सय ५० रुपैयाँ कायम भएको छ भने एनएमबिको अन्तिम प्रतिसेयर मूल्य ४ सय ३७ रुपैयाँ कायम भएको छ । शिवम् सिमेण्ट र हिमालयन डिस्टिलरी लिमिटेडको ७ कारोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सर्किट
आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेर नकरात्मक सर्किट लागेको छ । यो कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशत घटेको हो । आज स्वाभिमानको प्रतिसेयर मूल्य १ सय १० रुपैयाँ घटेर ९ सय ९० रुपैयाँ कायम भएको छ । त्यस्तै राधि लघुवित्त कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । राधिको प्रतिसेयर मूल्य १८ रुपैयाँ घटेर १ सय ७१ रुपैयाँ कायम भएको छ भने हिमाल दोलखा हाइड्रोको प्रतिसेयर मूल्य ९ रुपैयाँ घटेर ८८ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज कारोबारमा आएका १२ समूहकै परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । यो समूहको ५.०१ प्रतिशतले परिसूचक घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *