सांग्रिला डेभलपमेन्ट बैंकमा ३६ महिना बचत गर्दा ४२ महिनाको भुक्तानी प्राप्त हुने
काठमाडौं, २९ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेले “सांग्रिला क्र्रमिक मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गरी ‘थोरै–थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका यो योजना सार्वजनिक गरेको बताएको छ ।
यो योजना न्यूनतम ५ सय मौज्दातबाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजनाअन्र्तगत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्ने बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने उक्त विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ९१ शाखा कार्यालय र २६ एटीएममार्फट सेवा दिँदै आएको छ ।