Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नागरिक लगानी कोषले सुरु गर्यो नागरिक पेन्सन योजना

नागरिक लगानी कोषले सुरु गर्यो नागरिक पेन्सन योजना

काठमाडौं, ५ चैत । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ । ३० औ वार्षिकोत्सवको अवसर पारेर कोषले उक्त योजना सार्वजनिक गरेको हो ।

कोषले वचत संकलनको दायरालाई फराकिलो बनाउनको लागि स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेटने गरी नागरिक पेन्सन योजना सुरु गरिएको हो ।

वार्षिकोत्सव कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले मुलुकको समग्र राष्ट्रिय उत्पादकत्वमा समेत योगदान पु¥याउने नीति अवलम्बन गरेको भन्दै सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा योगदान पु¥याउने तर्फ काम गरिरहेको बताए । पुँजी बजारको स्थायित्व र विकासमा अहंम भुमिका खेल्ने उद्देश्यले कोषले पँुजी बजारको विकास र विस्तारको लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको जानकारी पनि दिए ।

त्यस्तै कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले देशको आर्थिक बृद्धि दरमा टेवा पु्याउने, रोजगारी सिर्जना गर्ने एवं पूर्वाधार बिकासका आयोजनाहरुमा लगानी विस्तार गरी सरकारको समृद्ध नेपाल बनाउने महाअभियानमा कोषले सहयोग पु¥याईरहेको बताए ।

चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कोषले १ खर्ब ४० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गरि १ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x