पेट्रोलियम पदार्थ लुकाउनेलाई कडा कारबाही गरिन्छ : निगम
काडमाडौं, ५ चैत । नेपाल आयल निगमले डिजेल पेट्रोल तथा एलपी ग्यास लुकाउने व्यवसायी तथा बिक्रेतालाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
बजारमा पेट्रोल पम्प, उद्योगी र व्यवसायीहरूले कृत्रिम अभाव सृजना गरेको पाइएमा सम्बन्धित उद्योगी, व्यवसायीलाई कानून अनुसार कारबाही गरिने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् । साथै उनले आम उपभोक्ताहरूलाई पनि हल्लाको पछि लागेर पेट्रोलियम पदार्थहरूको भण्डारण नगर्न सुझाएका छन् ।