सरकारले तत्काल राहतका प्याकेज ल्याउनुपर्छ : पर्यटन व्यवसायी पाण्डे
काठमाडौं, ५ चैत । यतिबेला कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रमै मन्दी छाएको छ । यसबाट नेपालको अर्थतन्त्र पनि अछुतो छैन । त्यसमा पनि पर्यटन क्षेत्रमा पनि कोरोना सन्त्रासले नकारात्मक असर देखिन थालेका छन् । पर्यटक आगमन घट्नुका साथै भइसकेका बुकिङ पनि धमाधम रद्द हुँदा समग्र व्यवसायमै धक्का लागेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । त्यसैले थप संकट पर्न नदिन उनीहरूले सरकारलाई राहत प्याकेजका लागि बारम्बार घचघच्याइरहेका छन् । प्रस्तुत छ, एयरलाइन्स अपरेटर्स एशोसिएशन्स अफ नेपालका अध्यक्ष तथा संकट व्यवस्थापन समितिका अध्यक्ष सुमन पाण्डेसँग अर्थको अर्थले गरेको कुराकानी ः