राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा
काठमाडौं ६, चैत । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सिन्धुलीको प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्रको शुभारम्भ गरेको छ । उक्त काउन्टरको उद्घाटन आज (बिहीवार) प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुन् । योसँगै बैंकका २९ ओटा एक्सटेन्सन काउन्टर, २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेका छन् ।