Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना नियन्त्रण कोषमा कुमारी बैंकको रू. ७० लाख सहयोग

कोरोना नियन्त्रण कोषमा कुमारी बैंकको रू. ७० लाख सहयोग

काठमाडौं, २० चैत । कुमारी बैंक लिमिटेडले कोभिड१९ महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशमा रू. १० लाखको दरले बैंकले कुल रू. ७० लाख सहयोग गरेको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पुर्याएको हो ।
संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू. १० लाखका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सीमान्तकृत परिवारलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो ।
कोरोनाको प्रकोप फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले बताएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकलाई देशव्यापी सक्रिय एटीएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स, एलसी, ग्यारेन्टी सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x