Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना रोकथाममा सरकारलाई सघाउन एनआरएनएको रणनीतिक कार्ययोजना

कोरोना रोकथाममा सरकारलाई सघाउन एनआरएनएको रणनीतिक कार्ययोजना

काठमाडौं, २० चैत । विश्वव्यापी महामारकिो रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारको प्रयासमा गैरआवासीय नेपाली संघ (एनआएएन)ले साथ दिँदै आएको प्रस्ट्याएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा यसअघि देखि नै विभिन्न सहयोग गर्दै आएको भन्दै आगामी दिनमा यसलाई थप सक्रिय बनाउन संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरी रणनीतिक कार्ययोजना तय गरिएको जानकारी दिएको छ ।
विश्वमा यतिबेला कोरोनाले लाखौं संक्रमित भएको र नेपालमा समेत यसको संक्रमण देखिएको अवस्थामा स्थिति भयावह बन्न नदिन संघलाई दोहोरो चुनौती देखिएको विज्ञप्तिमा उल्लेख छ । यसमा मुख्यतः देशबाहिर रहेका नेपालीका साथै स्वदेशमा रहेका नेपालीलाई समेत सहयोग गर्नु आफ्नो कर्तव्य भएको संघले बताएको छ ।
विभिन्न देशमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्ले नेपाली कूटनीतिक नियोगहरूको समन्वयमा नेपाली समुदायलाई सघाउँदै आएको संघले बताएको छ । विगतमा महाभूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा भैंm कोभिड–१९ महामारीको विरुद्ध लड्न नेपाल सरकारलाई १ करोड रूपैयाँ सहयोगको घोषणा गरिएको उल्लेख गरेको छ ।
यस्तै स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा उपकरण लगायत उपलब्ध गराउने प्रक्रिया पनि शुरू भइसकेको संघले बताएको छ । यसै सन्दर्भमा चीनबाट मेडिकल सामग्री खरीद प्रक्रिया र खरीद मूल्यका सम्बन्धमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको र निजको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रस्ट पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x