Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोरोना उपचार कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

कोरोना उपचार कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

चैत २०, काठमाडौं । कोरोना नियन्त्रणका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा सो आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको महासंघले बिहीवार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सम्भाव्य प्रकोप नियन्त्रणका लागि आगामी दिनमा पनि सरकारलाई साथ दिन तयार रहेको भन्दै महासंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अहिले देशमा आइपरेको कठिन परिस्थितिमा मानवीय संकट आउन नदिन महासंघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ‘दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी विभिन्न किसिमका खाद्य सामग्री वितरण कार्यसमेत अगाडि बढाउन लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको छ ।’
नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारिताको अपेक्षा गर्दै महासंघले सरकारले जारी गरेका सम्पूर्ण निर्देशन पालना गर्न सबैलाई आग्रह गरेको छ । यस्तै विपत्को घडीमा अहोरात्र खटेर साथ दिने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत विशेष धन्यवाद व्यक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x