Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना उपचार कोषमा सहयोग अर्ब रुपैयाँ नाघ्यो

कोरोना उपचार कोषमा सहयोग अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं, २१ चैत । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एकै दिन साढे ८४ करोड बिहीबार मात्रै संकलन भयो । कोष स्थापना भएययताको सबैभन्दा बढी सहयोग बिहीबार संकलन भयो । सरकारले ५० करोड रुपैयाँ राशीमा स्थापना गरेको यो कोषमा नेपाल आयल निगमबाट मात्रै ५० करोड रुपैयाँ योगदान भएको छ । कर्मचारी सञ्चय कोषका तर्फबाट ३ करोड रुपैयाँ सहयोग प्रदान भएको छ । त्यस्तै, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले कोषमा योगदान गरिरहेका छन् ।
अर्थ मन्त्रालयले बैंक तथा वित्तिय संस्थाहरुलाई सीएसआरको रकम कोषमा योगदान गर्न आह्वान गरे पछि सहयोग संकलनमा तीव्रता आएको हो । कोषमा सहयोग गरेको रकम कर तिर्ने प्रयोजनका लागि खर्च कटाउन पाइने व्यवस्था सरकारले गरेको छ ।
अहिलेसम्म कोष सञ्चालनको कार्यविधि भने तयार भएको छैन । कोरोना रोगसँग लड्न जनस्वास्थ्यका अतिरिक्त रोजगारी गुमाउने श्रमिक र अर्थतन्त्र पुनःस्थापनालाई समेत कोषको उद्देश्यमा समेट्न विज्ञहरुले जोड दिएका छन् । सरकारले कोष सञ्चालनको कार्यविधि छिट्टै तयार हुने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x