नागरिक लगानी कोषका सेवाग्राहीले ब्याजमा छुट पाउँने
काठमाडौं, ४ वैशाख । नागरिक लगानी कोषले सेवाग्राहीहरुले लिएको कर्जाको व्याज असार भित्र भुक्तानी गरेमा त्यस अवधि सम्ममा पाकेको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । कोषको संचालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा छुट दिने निर्णय गरेको हो ।
कोषले सहभागीलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको व्याज २०७७ असार भित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।
त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा उनीहरुको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।